गोदावरीका शिक्षकहरुद्धारा नगरपालिका अगाडी विरोध सभा

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका शिक्षकहरुले नगरपालिका आगाडी विरोध सभाको आयोजना गरेका छन् । पुर्व निर्धारित कार्यक्रम अनुसार विभिन्न शिक्षक संगठनहरुले समयमा तलव दिइनुपर्ने लगायतका माग राख्दै शुक्रबार नगरपालिका अगाडी विरोध सभाको आयोजना गरेका हुन् । विरोध सभामा गोदावरी नगरशिक्षक समिति, एकिकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राहत शिक्षक समिति र नेपाल राष्ट्रिय शिक्षक संगठनहरुको सहभागिता रहेको थियो ।

maya metro hospital

विरोध सभालाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरी नगर कमिटीका अध्यक्ष नरेन्द्रराज शर्माले शिक्षाको गुणस्तर विग्रेको दोष शिक्षकलाई दिइएपनि राज्यले शिक्षकलाई अधिकारबाट संकुचित गरेको बताए । उनले गोदावरी नगर भित्रका शिक्षकहरुको समस्या नगरपालिकाले सुन्ने प्रयास समेत नगरेको बताए । ‘गोदावरीमा शिक्षाका समस्या नै समस्या छन् । तर, नगरपालिकाले कुनै समस्या सामाधन गर्न पनि चासो देखाएको छैन्’ उनले भने ‘हाम्रा कुरा सुन्न पनि नगरपालिकाले निषेध गरेको छ । त्यसैले हामी सडकमा आउन बाध्य भएका छौ ।’

citizen security services

उनले नगरपालिकाले मासिक रुपमा तलव खुवाउने व्यवस्था गर्नुपर्ने बताए । ‘हामीले काम गरिसकेपछि हामीले ज्याला पाउनु पर्ने हाम्रो अधिकार होइन ? हाम्रो अधिकार किन खोसिएको छ ?’ उनले भने ‘हामीले ४ महिना सम्म पनि तलब पाएका छैनौ । हामीले के विगारेका छौ । हामीमाथि किन यस्तो व्यवहार गरिन्छ ।’

attariya hospital

उनले नगरपालिकामा २/२ महिना सम्म लेखापाल नहुनु हास्यापद विषय भएको बताए । उनले नगरपालिकाले गरेको लापरवाहिको शिक्षकरुले पीडा भोगिरहेको बताए ।

गोदावरी नगर शिक्षक समितिका सहसचिव कृष्णबहादुर विकले नगरपालिकाले आफ्ना माग सुन्न नचाहेका कारण विरोध गर्न बाध्य भएको बताए । उनले नगरपालिकामा १४४ जना नगर शिक्षक कार्यरत रहेको र, नगर शिक्षकले नै गोदावरीको शिक्षाको भार धानेको बताए ।

उनले यती ठूलो संख्यामा रहेका नगर शिक्षकको नगरपालिकाले वेवास्था गरेको बताए । ‘गोदावरी नगरपालिकाले नगर शिक्षकको उचिव व्यवस्थापन गरोस भन्ने हाम्रो माग छ । नगरपालिकाले बनाएको नगरशिक्षक कार्यविधि अनुसार काम गरिनुपर्छ’ उनले भने ‘लामो समय देखि काम गरेका नगर शिक्षकलाई तत्काल नियुक्ती पत्र दिएर सरकारी मापदण्ड अनुसार सेवा सुविधा दिनु पर्छ ।’

नेपाल राहत शिक्षक समिति गोदावरीका अध्यक्ष तिर्थ राज अवस्थीले आफ्ना माग सुनुवाइका लागि गरपालिकामा बारम्बार आग्रह गरेको भएपनि सुनुवाइ नभएको बताए । ‘हामीहरुको सबैभन्दा ठूलो समस्या समयमा तलब नपाउनु हो । हामीले असोज महिनादेखि तलब पाएका छैनौ’ उनले भने ‘रातह क्षिकहरुको लागि कल्याणकारी कोषको व्यवस्था गरिनु पर्ने, नगरबाट विरामी विदा स्वकृत गरिदिनुपर्ने माग रहेको छ ।’ उनले नगरमा रहेको राहत शिक्षक, नगर शिक्षक, निजी शिक्षक, स्थायी शिक्षक सबैको समस्या सामाधान गरिदिन आग्रह गरे ।

गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले लेखा अधिकृत अनिवार्य अवकासमा गएका कारण ढिलाई भएको बताए । उनले नयाँ लेखा अधिकृत ल्याउनको लागि प्रयास गरेपनि संघबाट पठाउन ढिलाई भएको बताए ।

‘लेखा शाखा प्रमुख पनि अनिवार्य अवकास भएकाले पनि यसमा समस्या देखिएको हो’ उनले भने ‘समस्या सामाधानको लागि हामीले महालेखा परीक्षकबाट एक जना कार्यालय प्रमुखको नाममा मलेपमा गएर खाता खोलेका छौँ । पैसा जम्मा भइसकेको छ अब सोमबारदेखि रोकिएका आर्थिक समस्या समाधान हुनेछ ।’

उनले नगरभित्रका विद्यालयहरुले मंसिरमा भर्नुपर्ने माग फारम नभरेका कारण पनि केही विद्यालयमा तलव पाउन ढिलाई भएको बताए । उनले भने ‘माथिबाट ३/३ महिनामा तलव आउने गरेको छ । तर, त्यसका लागि मंसिर भित्र माग फारम भरिसक्नु पर्ने हुन्थ्यो तर, केही विद्यालयहरुले माग फारम नभर्दा पनि तलव रोकिएको छ । माग फारमा भरेका विद्यालयले तलव पाएका छन ।’

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.