गोदावरीमा ट्याक्टर दुर्घटना हुँदा घाइते भएका १ जनाको मृत्यु

अत्तरिया – कैलालीको गोदावरीमा ट्याक्टर दुर्घटना हुँदा घाइते भएका १ जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका – १२ रातापानी सामुदायिक वनमा शुक्रबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा घाइते भएका ट्याक्टरका सहचालक पुनर्वास नगरपालिका – १० का ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको हो ।

maya metro hospital

शुक्रबार बिहान से १ त ६१९३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरको इन्जनमुनी च्यापिएका चौधरीको उद्धारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्र पाण्डेले जनाएका छन् ।

joshi vada pasal 2

उक्त दुर्घटनामा चालक पुनर्वास नगरपालिका–१० का ४१ वर्षीय सत्तु राना पनि घाइते भएका छन् । घाइतेको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.