शुक्लाफाँटामा अव्यवस्थित मासुजन्य पसल हटाइने

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले अव्यवस्थित मासुजन्य पसल हटाउन निर्देशन जारी गरेको छ । नगरपालिकाभित्र अव्यवस्थित रूपमा सञ्चालित माछा–मासु पसलहरूले गर्दा वातावरण प्रदुषित भई पसलवरिपरिको सौन्दर्य तथा मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्ने ठहर गर्दै नगरले ती पसल हटाउन भनेको हो ।

maya metro hospital

नगरमा माछा–मासु पसल सञ्चालनसम्बन्धी न्यूनतम मापदण्ड पालना नगरेर सडक किनारमा अस्थायी टहरा, खाट, टेबुल राखी माछा मासु बिक्री गर्ने पसलहरू सञ्चालन भइराखेको पशु विकास सेवाका प्रमुख रामचन्द्र भट्टले जानकारी दिए ।

joshi vada pasal 2

नगरभित्र कलुवापुर, झलारी र वनसमिती स्थानीय बजार हुन् । झलारीमा ११, कलुवापुर र वनसमितीमा ४–४ गरी जम्मा १९ वटा पसलहरू सञ्चालनमा छन् । तीमध्ये ४ वटा पसल मात्र दर्ता भएका भट्ट बताउँछन् ।

बजार क्षेत्रमा नै विनादर्ता खुल्लमखुल्ला पसल सञ्चालन भइरहेका छन् भने मुख्य बजारबाहेक गाउँतिर पनि तमाम पसलहरू दर्ताविना सञ्चालन भइरहेका नगरपालिकाले जनाएको छ । दर्ताका लागि पटकपटक सूचना जारी गर्दा पनि पसलेहरूले नटेरेको भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.