गोदावरीमा ट्रयाक्टर दुर्घटना हुँदा २ जना घाईते

अत्तरिया – कैलालीको गोदावरीमा ट्रयाक्टर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । गोदावरी नगरपालिका – १२ रातापानी सामुदायिक वनमा शुक्रबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा २ जना घाइते भएका हुन् ।

maya metro hospital

घाइते हुनेमा चालक पुनर्वास नगरपालिका–१० का ४१ वर्षीय सत्तु राना र सहचालक ४० वर्षीय मनीराम चौधरी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्र पाण्डेले जानकारी दिएका छन् ।

joshi vada pasal 2

उनले ढुङ्गा लिन गएको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना भएको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.