घोडाघोडीमा सम्झौता बिनै कार्यादेश दिएर नदीजन्य पदार्थ उत्खनन्

धनगढी – कैलालीको घोडाघोडी नगरपालिकाले सम्झौता बिनै कार्यादेश दिएर नदीजन्य पदार्थ उत्खनन् गरेको पाइएको छ । नगरपालिकाले २ महिना देखि कन्द्रा, कन्द्री, टेग्ना, डोडा, झिंगेझाला नदीबाट कर्णाली निर्माण सेवाले विना सम्झौता नदीजन्य बस्तु उत्खनन गरिरहेको हो ।

maya metro hospital

उता नगरप्रमुख खडक रावतले भने कर्णाली निर्माण सेवाले नगरपालिकामा राख्नु पर्ने सबै धरौटी नराखेको हुँदा सम्झौता बताए । तर, नगरपालिकाले धरौटी जम्मा नगरेको कम्पनीलाई कार्यादेश जारी गरेर उत्खनन् गर्न दिइरहेको छ ।

citizen security services

टेन्टर पाएर पनि २ महिना सम्म नदीजन्य पदार्थ उत्खनन् नगरेको कम्पनीलाई अहिले विना सम्झौता उत्खनन्को जिम्मा दिएपछि स्थानीयले मिलेमतो भएको आशंका गरेका छन ।

attariya hospital

मङ्सिर ११ गते बसेको कार्यपालिका बैठकले निर्माण कम्पनीलाई तत्काल पहिलो किस्ता दिन लगाउने र धरौटी रकम जम्मा गर्न लगाउने भन्दै नदीजन्य बस्तु उत्खननको अनुमति दिएको थियो । तर, निर्माण कम्पनीले पहिलो किस्ता बुझाए पनि धरौटी अहिले सम्म पनि जम्मा गरेको छैन ।

पहिलो किस्ता १ करोड १० लाख बुझाएको थियो । तर, धरौटी स्वरूप राख्नु पर्ने ३ करोड ६७ लाख रुपैयाँ मध्यै पुरै रकम निर्माण कम्पनीले राखेको छैन । अहिले सम्म करिब ६० लाख धरौटी अपुग भएको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले बताए ।

उत्खनन अघि नै पुरै धरौटी राख्नु पर्ने प्रावधान छ । तर, निर्माण कम्पनीले अहिले सम्म धरौटी पुरा राखेको छैन । नगरपालिकाले धरौटी पुरा नभएको भन्दै सम्झौता नदिई कार्यादेश मार्फत निर्माण कम्पनीलाई नदीजन्य बस्तुको उत्खनन गर्ने अधिकार दिएको छ । सम्झौता नगरी धरौटी विनै उत्खननको कार्यादेश दिएको भन्दै स्थानीयले आर्थिक अनियमितता भएको आशंका गरेका छन ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.