अत्तरिया – डोटीको आदर्श गाउँपालिकामा कार्यरत यशोदा ओझा धनगढीमा रहेको मानवसेवा आश्रमलाई हरेक महिला १ हजार सहयोग गर्दै आइरहेकी छिन् । सिनियर अनमी निरिक्षक पदमा कार्यरत ओझा आफुले पाएको तलबबाट १ हजार आश्रमलाई सहयोग गर्दै आइरहेकी हुन ।

उनले असाहय वेसाहाराहरुलाई सहयोग पुगोस् भनेर आश्रमलाई मासिक रुपमा आफ्नो कमाइको १ हजार सहयोग गर्ने गरेको बताइन् । ‘मैले काम गर्ने स्वास्थ्य सस्थामा पनि वेसाहाराहरु उपचार गर्न आउने गर्छन् ।

तर, उनीहरुसंग उपचार उपचार गर्नको लागि पैसा हुँदैन । जसले गर्दा रोग पालेर बस्नुपर्ने अवस्था हुन्छ’ उनले भनीन् ‘यस्ता मानिस देखेर मलाई निकै दया लाग्छ । त्यसैले यस्ता मानिसहरुलाई सहयोग पुगोस् भनेर मैले मासिक १ हजार दिने निर्णय गरे । जसका लागि म यस्ता मानिसहरुको साहारा बनेको मानव सेवा आश्रमलाई हरेक महिना १ हजार दिने गरेकी छु ।’
उनले आफू बाचुन्जेल हरेक महिना १ हजार सहयोग गर्दै जाने बताइन् । ४९ बर्षीय यसोदाले जागिरमा हुँदा मात्रै नभएर अवकास पाए पछि पनि पेन्सनबाट मासिक १ हजार आश्रमलाई सहयोग गर्ने बताइन् ।
‘म यो सहयोगलाई बाचुन्जेल निरन्तरता दिने छु । मैले मेरा छोराहरुलाई पनि सहयोग गर्न अनुरोध गरेकी छु’ उनले भनीन् ‘मैले सक्ने अन्य स्वास्थ्य सेवा पनि निःशुल्क दिन म सधै तयार छु ।’
उनले यसै बर्षको जेठ महिना देखि यो मासिक १ हजार आश्रमलाई सहयोग गर्ने घोषणा गरेकी थिइन । सोही अनुसार बिहिबार धनगढी आएको अवसरमा उनले आश्रमलाई जेठ महिना पुस महिना सम्म जम्मा भएको ९ हजार आश्रमलाई हस्तान्तरण गरेकी थिइन् ।
उनले धनगढी पुगेर आश्रममा पुगेर आफूले घोषणा गरेको रकम सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताइन् ।