बाजुरामा भीरबाट लडेर १ जनाको मृत्यु

बाजुरा – बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बिहिबार गौमुल गाउँपालिका–२ मल्दुगुनमा भीरबाट लडेर सोही गाउँपालिका–२ मल्दुगुनका ४५ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको हो ।

maya metro hospital

गाउँ नजिकैको हन्यामाटा वनमा बाख्रा चराउन गएका बेला लडेर उनको घटनास्थलमै मृत्यु भएको आफन्त शुक्रराज बोहराले जानकारी दिएका छन । उनले बिहान बाख्रा लिएर चराउन गएका बोहरा बेलुकी घर नफर्किएपछि खोजी गर्दा लडेर मृत्यु भएको अवस्थामा फेला पारेको बताए ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.