अचेत अवस्थामा भेटिएका बैतडीका युवकको मृत्यु

बैतडी – झुलाघाटमा अचेत अवस्थामा भेटिएका बैतडीका एक युवकको मृत्यु भएको छ । विहिबार झुलाघाटको बसपार्कमा अचेत अवस्थामा भेटिएका दशरथचन्द नगरपालिका ४ जर्कका ३३ वर्षीय भरत चन्दको उपचारको क्रममा जिल्ला अस्पताल बैतडीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता योगेश खत्रीले जानकारी दिए ।

maya metro hospital

अचेत अवस्थामा बस पार्कमा भेटिएका चन्दलाई अस्पताल ल्याएको केही बेरमै मृत्यु भएको उनले बताए । मृतक चन्द रोजगारीको सिलसिलामा भारतमा गएका थिए ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.