बैतडीमा जारी इन्डो–नेपाल क्रिकेटको उपाधि कैलपाललाई

बैतडी – बैतडीमा सम्पन्न प्रथम इन्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लब,जर्गले हात पारेको छ । बिहिबार सम्पन्न फाइनल खेलमा आयोजक पञ्चकोटी क्रिकेट क्लब ए, खडेनीलाई ७ विकेटले स्तब्ध पार्दै कैलपालले उपाधि हात पारेको छ ।

maya metro hospital

९४ रनको सामान्य लक्ष्य कैलपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो । जसमा तेज चन्दले अविजित ३१, प्रकाश पाण्डेले २१, प्रदीप चन्दले अविजित १४ रन बनाए । पञ्चकोटीका भूपेन्द्र चन्द र जितेन्द्र रावलले १÷१ विकेट हात पारे ।

joshi vada pasal 2

त्यसअघि बुड्डाबाजे क्रिकेट मैदान, रातामाटामा टस हारेर पहिला ब्याटिङ गरेको आयोजक पञ्चकोटी क्रिकेट क्लब ए १६.१ ओभरमा ९३ रनमा समेटियो । जसमा दिनेश बुडालले अविजित २६ र सुमित बुडालले १९ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कैलपालका लागि प्रकाश चन्द, प्रदीप चन्द, आकाश चन्द र दीपक जोशीले २/२ विकेट लिए ।

उपाधिसँगै कैलपालले ४० हजार मेडल, ट्रफी र प्रमाणपत्र पायो भने पञ्चकोटीले २० हजार मेडल, ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो ।

म्यान अफ द फाइनल कैलपालका प्रदीप चन्द भए । यस्तै म्यान अफ द सिरिज आयोजक पञ्चकोटीका राम चन्द, बेस्ट बलर निङलाशैनी क्रिकेट क्लबका ऋषिकेश बोहरा, बेस्ट ब्याट्सम्यान निङलाशैनी क्रिकेट क्लबकै सुरेश भाट, बेस्ट किपर पञ्चकोटीका दीपेश चन्द,बेस्ट फिल्डर पञ्चकोटी ‘बी’का सुरजसिंह बुडाल, उदीयमान खेलाडी रातामाटा विद्यालयका गणेशसिंह बुडाल भए ।

म्यान अफ द सिरिजलाई नगद ३ हजार, बेस्ट ब्याट्सम्यानलाई नगद एक हजार पाँच सय, बेस्ट बलरलाई नगद एक हजार पाँच‚ बेस्ट किपरलाई १ हजार १११ र बेस्ट फिल्डरलाई ७७७ रुपैयाँ नगद पुरस्कार दिइयो ।

पञ्चकोटी युवा क्लबको आयोजनामा पुस २७ गतेदेखि शुरू भएको प्रतियोगितामा नेपाल र भारतका गरी १५ टोली सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.