सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

धनगढी – सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री पाएको १ साता वितिसकेको भएपनि मन्त्रिपरिषद् विस्तारमा भने ढिलाइ भएको छ । प्रदेशको मुख्यमन्त्रीमा पौष २८ गते राजेन्द्र रावल नियुक्त भएपनि मन्त्रिमण्डल विस्तारमा हुन नसकेको हो ।

maya metro hospital

रावलले आफू संगै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट र नेकपा एमालेकी सन्तोषकुमारी शर्मा थापालाई सपथ ग्रहण गराएका भएपनि उनीहरुको पनि मन्त्रालय विभाजन हुन सकेको छैन ।

joshi vada pasal 2

नियुक्त भएका मन्त्री पनि विना विभागिय भएपछि अहिले प्रदेश मन्त्रिविहिन बन्न पुगेको छ ।

मुख्यमन्त्री रावल भने विश्वासको मत लिएपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने मुडमा देखिएका छन् । मन्त्रिमण्डल विस्तार गर्न मुख्यमन्त्री रावलले केन्द्रको निर्देशन कुरिरहेको देखिन्छन् । सोही विषयमा छलफल गर्न उनको नेतृत्वमा एक टोली काठमाडौं जान लागेको छ ।

मुख्यमन्त्री रावल सहितको टोली काठमाडौं जान लागेको बताउँदै एक प्रदेश सभा सदस्यले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरी प्रदेश मन्त्रिमण्डल विस्तार तथा विश्वासको मत लगायतका विषयमा छलफल हुनेछ ।’

आफ्ना माग र मुद्दा पूरा हुनुपर्ने अडान राखिरहेका नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरी सहित सोही दलका प्रदेश सभा सदस्यहरू पनि काठमाडौं जान लागेका छन् । उनीहरूले कारागारमा रहेका रेशम चौधरीसँग भेटघाट गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.