बैतडीमा मावि स्तरीय भलिबल प्रतियोगिता हुने

बैतडी – बैतडीमा माविस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ६ मा माघ ८ गतेबाट माविस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।

maya metro hospital
raunak fals and silling

दशरथचन्द नगरपालिका – ६ थालिगडा स्थित कालिका माविको आयोजना तथा गगनचन्द डिभाइन फाउण्डेसनको प्रायोजनमा जिल्लामा माविस्तरीय पुरुष भलिबल प्रतियोगिता हुन लागेको गगनचन्द डिभाइन फाउण्डेसनका संयोजक गोविन्द राज जोशीले जानकारी दिए ।

joshi vada pasal 2

कालिका माविको ७३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा श्री गगनचन्द डिभाइन फाउण्डेसनको सहयोगमा प्रतियोगिता हुन लागेको उनले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५१ हजार, शिल्ड र प्रमाण पत्र, द्धितियलाई नगद ३१ हजार, शिल्ड र प्रमाण पत्र र तृतिय स्थान हाशिल गर्ने टिमलाई २१ हजार शिल्ड र प्रमाण पत्र प्रदान गरिने गगनचन्द डिभाइन फाउण्डेसनका संयोजक जोशीले बताए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.