धनगढी – कैलालीको लम्कीमा खुकुरी प्रहारबाट २ युवक घाइते भएका छन । लम्कीचुहा नगपालिका – १ भुरुवामा खुकुरी प्रहारबाट स्थानीय जगत टमटा र राजेश टमट्टा घाइते भएका हुन् ।


सोमबार राति स्थानीयबीच भएको विवाद पछि झडप हुँदा दुवै जना घाइते भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

घाइते दुबै जनाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको जनाएको छ ।
