सभामुख चयनका लागि प्रतिनिधि सभा बैठक सुरू

सभामुख चयनका लागि प्रतिनिधि सभा बैठक सुरू भएको छ । सभामुख पदमा मनोनयन दर्ताका लागि बुधबार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म दिइएको समयमा दुई जना उम्मेदवारले उम्मेदवारी दर्ता गरेका थिए ।

maya metro hospital

सत्ता साझेदार दलहरूको समर्थनमा नेकपा एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेस तथा नेकपा एकीकृत समाजवादी लगायत दलहरूको समर्थनमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका छन्, उनीहरूबीच सभामुखका लागि आजै प्रतिनिधि सभामा प्रतिस्पर्धा हुनेछ ।

joshi vada pasal 2

प्रतिनिधि सभा सदस्यहरूले आफूमध्येबाट सभामुख चयन गर्ने व्यवस्था छ । अहिले सभामुख नभएका बेला ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशम्शेर जबराले सभामुखको भूमिका निर्वाह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.