खाद्य संस्थानको महेन्द्रनगर कार्यालयले लक्ष्य अनुसार धान खरिद गर्न सकेन

कञ्चनपुर – ढिलो गरी खरिद सुरु गरेको खाद्य संस्थान (खाद्य व्यापार तथा कम्पनी लिमिटेड) ले लक्ष्यअनुसार धान पाउन सकेको छैन । कृषकहरूले धान बिक्री गरिसकेपछि खरिद सुरु गरेका कारण लक्ष्यअनुसार खरिद हुन नसकेको हो । १४ हजार क्विन्टल धान खरिदको लक्ष्य भएको संस्थानको महेन्द्रनगरस्थित कार्यालयले एक महिनामा २८ सय क्विन्टल मात्रै धान खरिद गर्न सकेको छ ।

maya metro hospital

अहिले कृषकहरूबाट बिक्रीका लागि धान आउने क्रम निकै कम भएको छ । खाद्य संस्थानले मंगलबारसम्म २८ सय १९ क्विन्टल मात्रै धान खरिद गरेको महेन्द्रनगर कार्यालयका निमित्त प्रमुख तपेन्द्र उपाध्यायले बताए । उनका अनुसार न्यून मात्रामा धान आइरहेका कारण खरिदको अवधि एक महिना अझै रहनेछ । ‘धान आइरहेको छैन, तैपनि हामीले एक महिना अझै काँटा लगाउँछौं,’ उनले भने, ‘ढिलो गरी खरिद सुरु भएकै कारण कोटाअनुसार धान आएन ।’

joshi vada pasal 2
raunak fals and silling

सरकारले गतवर्षभन्दा प्रतिक्विन्टल २१५ रुपैयाँ वृद्धि गरेको मोटो धानको समर्थन मूल्य २९ सय ६७ र मसिनो धानको ३१ सय २८ पु¥याएको थियो । तर समयमै धान खरिद सुरु भएन । कृषकहरूले गतवर्षभन्दा सस्तोमा धान बिक्री गरे । यस वर्ष कृषकहरूले प्रतिक्विन्टल २१÷२२ सयका दरले बिक्री गरेका थिए ।

अहिलेसम्म १० हजार क्विन्टल हाराहारी धान खरिद भइसक्नुपर्ने उपाध्याय बताउँछन । तर संस्थानले खरिद सुरु गर्नुभन्दा अगावै कृषकहरूले व्यपारीकहाँ बिक्री गरिसकेको देखिन्छ । संस्थानले ३ हजार ३५ सय क्विन्टलसम्म धान खरिद हुने अनुमान गरेको छ ।

कञ्चनपुरमा खाद्य व्यापार कम्पनीले पुस १ देखि खरिद सुरु गरेको थियो । सुरुको केही दिन धान आए पनि त्यसपछि भने फाटफुट मात्रै आएको उपाध्यायले बताए । संस्थानको महेन्द्रनगर कार्यालयले १० हजार क्विन्टलको कोटा माग गरेको थियो । केन्द्रले १४ हजार क्विन्टलको अनुमति दियो ।

गतवर्ष पनि संस्थाले लक्ष्यअनुसार धान खरिद गर्न सकेको थिएन । ६ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य पाए पनि ११ सय ६१ क्विन्टल मात्रै खरिद भएको थियो ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.