सुदूरपश्चिम प्रदेशकी उपसभामुख चौधरीले लिइन् शपथ

धनगढी – सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले शपथग्रहण गरेकी छन् । मंगलबार उपसभामुखमा निर्वाचित भएकी उनले बुधबार पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

maya metro hospital
raunak fals and silling

उनलाई सभामुख भीम भण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गराए । चौधरी नेकपा एमालेका तर्फबाट उपसभामुख बनेकी हुन् । उनी कैलालीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य भएकी थिइन् ।

joshi vada pasal 2

नेकपा माओवादी केन्द्रकी लक्ष्मी विकले चौधरीलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा २८ मत परेसँगै उनी चयन भएकी थिइन् । प्रस्तावको विपक्षमा २३ मत मात्रै खसेको थियो ।

चौधरीलाई एमालेका १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एकजना प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.