टीकापुरबाट भन्सार छली ल्याएको अवैध सामान बरामद

अत्तरिया – कैलालीको टीकापुरबाट प्रहरीले भन्सार छली ल्याएको अवैध सामान वरामद गरेको छ । प्रहरीले टिकापुर नगरपालिका – ९ श्रीलंका स्थित सडक खण्डमा भारतबाट अबैध रुपमा भन्सार छली ल्याएका बेवारिसे सामान बरामद गरेको हो ।

maya metro hospital
raunak fals and silling

जसअन्तरगत गिल्मर फिल्टर ६ थान, ईन्डीकेटर ५ थान, बेरीङ ८ थान, स्यामाल सुर्ती १२ पोका, सिस्टम गुट्का ७ पोका, साईकल ५ ओटा,मैदा १६० के.जी., चिनी १२५ के.जी., मोतीमाला ११ पोका हार २९ पिस, कडा १७ पिस मंगल सुत्र १९ पिस लगायतका सामान रहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

joshi vada pasal 2

प्रहरीले उक्त सामान ६५ हजार ५९५ रुपैया बराबरको भएको जनाएको छ । उक्त सामान आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय सत्ति कैलालीमा पठाईएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.