अत्तरियामा भ्रस्टाचार नियन्त्रण सम्बन्धी अन्तरक्रिया

अत्तरिया  – कैलालीको गोदावरी नगरपालिकामा भ्रस्टाचार नियन्त्रण सम्बन्धी एक दिने अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले पालिकास्तरिय भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन सम्बन्धी अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको हो । आयोगका उपसचिव भुमिनन्द खनालको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा नगरउपप्रमुख शारदा रोकाया रहेकी थिईन ।

maya metro hospital

कार्यक्रममा भ्रस्टाचार मौलाउने कारण, भ्रस्टाचार नियन्त्रणका लागी गरिनुपर्ने प्रयास, कारबाही र नतिजाका बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख विरेन्द्र भट्टले कार्यक्रमले अझ बढी जिम्मेवारीबोध महसुस गराएको बताए । उनले पालिकाका सबै कर्मचारी तथा जनप्रतिनिधि सक्षम र जिम्मेवार भएपनि प्राविधिक रुपमा केही नबुझेका कुराहरु कार्यक्रममार्फत जानकारी पाउने अवसर पाईएको बताए । उनले नगरपालिकालाई सबल बनाउन, सेवालाई सहज बनाउन र सुशासन कायम गर्नका लागी कार्यक्रम एकदमै महत्वपुर्ण रहेको बताए । उनले सिकेका कुराहरुलाई कसरी अगाडी बढाउने भन्ने कुरा पनि बुझ्न जरुरी रहेको बताए । उनले कार्यक्रमका सहभागीहरुले सिकेका कुराहरुलाई व्यवहारीक रुपमा अगाडी बढाउन सके निश्चित रुपमा नगरमा सुसासन कायम गर्न सकिने बताए ।

attariya hospital

कार्यक्रममा बोल्दै नगरउपप्रमुख शारदा रोकायाले नगरका सबैले नैतिक रुपमा जिम्मेवारी निर्वाह गरे नगरमा सुशासन कायम गर्न समस्या नरहेको बताईन । उनले निस्वार्थ रुपमा कसैले कर्तव्य पालनाकै सिलसिलामा पनि आयोगमा उजुरी हालेपनि डराउनुपर्ने अवस्था नरहेको बताईन । उनले सहि ढंगले काम गरे उजुरीबाट डराउन नपर्ने बताईन । उनले आफुले गलत नगरे कसैसँग पनि डराउनुपर्ने अवस्था नरहेको बताईन ।

कार्यक्रममा आयोगका उपसचिव भुमिनन्द खनालले पालिकाबाट सम्पादन भैरहेका कामहरुका सम्बन्धमा सुसासन प्रर्वद्धन होस र भ्रस्टाचार नियन्त्रण होस भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताए । उनले आयोगको एक्लो प्रयासले भ्रस्टाचार नियन्त्रण गर्न नसकिने समेत बताए । उनका अनुसार शासन प्रणालीमा जोडिएका र नागरिक समाजका व्यक्ति सबैको समान सहयोगले मात्रै भ्रस्टाचारको न्युनिकरण गर्न सकिने बताए ।

उनले आफ्नो समाज र टोलमा हुने विकास निर्माण कुराहरु देखी लिएर अन्य विभिन्न सामाजिक कार्यहरुमा आफु सही ढंगले अग्रसर बने सुशासन कायमका लागी समस्या नै नरहने बताए । कार्यक्रममा नगरका विभिन्न संघसंस्थाका पदाधिकारी तथा नगरपालिकाका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.