माओवादी केन्द्रबाट रेखा शर्मा र सुदन किराँती मन्त्री बन्ने भएका छन्। अर्का एक मन्त्रीको टुंगो लाग्न बाँकी छ। माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।


मन्त्रीको नाम टुंग्याउन माओवादी शीर्ष तहको छलफल जारी छ। सत्ता गठबन्धनमा भएको भागवण्डा अनुसार माओवादीको भागमा चार वटा मन्त्रालय परेको छ।

पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन्। अब तीन मन्त्री पठाउनुपर्छ। प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान पार्टी पदाधिकारीहरुसँग छलफल गरेका थिए।
पार्टी बैठकमा दाङ २ बाट निर्वाचित रेखा शर्मा सूचना तथा सञ्चारमन्त्री बन्ने भएकी छन्। शर्माले सामान्य प्रशासन मन्त्री बनेर काम गरिसकेकी छन्। यस्तै भोजपुरबाट निर्वाचित सुदन किरातीले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।
