खडेरीले गहुँबाली सुक्न थालेपछि किसान चिन्तित

बैतडी – लगातारको खडेरीले बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा गहुँबाली सुकेको छ । यो बर्ष हिउँदे बर्षा नहुँदा गहुँबाली सुकेको किसानहरुले बताएका छन् । माघ लागिसक्दा समेत यो बर्ष हिउँदे बर्षा भएको छैन् ।

maya metro hospital

लगातारको खडेरीले गहुँबाली सुकेको दशरथचन्द नगरपालिका १ का किसान कृष्णदत्त भट्टले बताए । यति लामो खडेरी अहिले सम्म नपरेको उनले बताए । उनले भने ‘यो बर्ष खडेरीका कारण गहुँबाली सुकेको छ । खेत बाँझै भएका छन् । गहुँबाली सुकेपछि के खाने भन्ने चिन्ताले सताउन थालेको छ ।’

सिँचाइको सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव बढी परेको किसानहरुले बताएका छन् । सिँचाइ सुविधा नभएकै कारण खेतमा लगाएको गहुँबाली सुकिसकेको सुर्नयाका किसान देवदत्त अवस्थीले बताए ।

attariya hospital

उनले भने ‘खडेरीका कारण अधिकांश गहुँबाली सुकिसकेको छ । अझै पानी पर्ने छाँटकाँट देखिएको छैन् । यो बर्ष भोकमरी हुने सम्भावना देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.