सभामुख चयनका लागि सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु

अत्तरिया – सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको हो । आज तेस्रो पटक सभामुख निर्वाचनका लागि मतदान हुने भएको छ । यस अघि २८ र ३० गते भएको निर्वाचनमा कसैले पनि बहुमत नपाएपछि आज पुन निर्वाचन हुन लागेको हो ।

maya metro hospital
raunak fals and silling

सुदूरपश्चिम प्रदेशमा माओवादीका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल सभामुखको उम्मेदवार छन् । २८ गते सत्ता गठबन्धनकै एक सांसदको मत बदर भण्डारी सभामुख हुनबाट रोकिएका थिए भने ३० गते नागरिक उन्मुक्तिका ७ सांसदले कतै मत नदिएपछि दोस्रो पटक भण्डारी र रावल दुवैले बहुमत पाउन सकेनन् ।

joshi vada pasal 2

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख बन्न २७ मत आवश्यक पर्छ । आजको प्रदेश सभा बैठकले सभामुख चयन गर्ने अपेक्षा गरिएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.