भारतमा कैलालीका एक युवाको हत्या

लम्की – भारतको महाराष्ट्रको आलिबागमा कैलालीका एक युवाको हत्या भएको छ । लम्कीचुहा नगरपालिका – ६ बावनपुर घर भएका १८ वर्षिय कमल बिकको पौष २६ गते हत्या भएको हो ।

maya metro hospital

कमलको कैलालीको बावनपुरकै युवाले हत्या गरेको उनकी आमाले आरोप लगाएकी छिन । छोराको बिभत्स तरिकाले हत्या गरेको भन्दै आमा पार्वती कामीले सागर बिक, टोपु बिक, मनोज बिक र सन्तोष बादीको नाममा किटानी जाहेरी सहित माघ १ गते भारतको महाराष्ट्र राईगढ जिल्ला आलिबाग ठाना प्रहरीमा उजुरी दिएकी छन् ।

joshi vada pasal 2

हत्याको आरोप लागेका टोपु बिक र मनोज बिक २ जना सहोदर भाई हुन् । छोराको हत्या भएको खबर सुनेपछि पुस २७ गते नेपालबाट आफू भारत आएको र छोराको हत्या नै भएको भेटिएपछि किटानी जाहेरी दिएको पार्वती कामीले बताएकी छिन ।

छोरा संगै होटेलमा काम गर्ने नातामा मामा पर्ने सागर बिकले छोराको हत्या भएको जानकारी दिएपछि आफूहरुले थाहा पाएको उनले बताएकी छिन ।

केही समयपछि सामाजिक संजालमा छोराको फोटा र भिडियो पनि बाहिरिएको थियो । उनले भनिन् ‘जुनदिन रातीको समयमा हत्या भयो त्यहीदिन दिउँसो घरमा छोराले फोन गरेको थियो । आफू सन्चै रहेको र तलब आएपछि पैसा पठाई दिन्छु भनेको थियो । अर्कोदिन त छोराको हत्या भएको खबर सुनियो ।’ एउटा मात्र छोराको विभत्स तरिकाले हत्या गरेकोले दोषीलाई कारबाही गरि न्याय दिलाई दिन उनले नेपाल सरकार संग अनुरोध गरेकी छन् ।

उनले भनीन ‘हत्या भएको भनिएको दिन सबै केटाहरु छोरा कमलकै कोठामा बसेका रहेछन् । एकआपसमा संगै खानपिन गरेको र विवाद पनि भएको भन्ने सुनिएको छ । तर रातीको समयमा उसका साथीहरुले नै हत्या गरि फरार भएको घटनाले देखाएको छ ।’

आफूले छोराको शव राम्ररी हेरेको र बीभत्स तरिकाले हत्या गरेको अवस्थामा शव भेटिएको उनले बताइन । उनले भनीन ‘शरीर पुरै चिरिएको र शरीरमा पंचिङका निशानहरु देखिन्थे । ठाउँठाउँमा शरीरमा रगत र जताततै निलडाम देखिन्थ्यो ।’

हत्या गरिसके पछि आफै आत्महत्या गरेको हो भन्ने देखाउनका लागि कोठाको पंखाको एउटा पातामा मात्र डोरी बाँधिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.