अत्तरिया – कैलालीको गोदावरी नगरपालिका -४ बास्कोटामा निर्माण गरिएको ‘थारु देव थान’ भवनको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बीच प्रदेश सरकारकि पुर्ब भौतिक पुर्वाधार बिकास राज्यमन्त्री चुन कुमारी चौधरीले उद्घाटन गरेकी हुन ।


भवनको उद्घाटन गर्दै पुर्व राज्यमन्त्री चौधरीले पदमा रहे नरहेपनी यस ठाउको बिकासमा लागि पर्ने बताइन् । उनले आफ्नो कार्यकाल बोलेका सबै काम पूरा गरेको बताईन् ।

भलमन्सा धनी राम चौधरीको सभापतित्वमा भएको भवन उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हेम प्रकाश मल्ल विशिष्ट अतिथि रहेका थिए । थारु देव थानको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा निर्माण गरिएको थियो ।
भलमन्सा चौधरीले पुर्व राज्यमन्त्री चौधरी, वडा कार्यालय, बास्कोटा सामुदायिक वन कार्यालयले सहयोग गरेको बताए ।
भवन निर्माणका प्रदेश सरकारको ५ लाख, वडा कार्यालयको साढे ३ लाख र डेढ लाख बराबरको श्रमदान गरिएको उनले बताए ।
