सुदूरपश्चिम प्रदेश सभाको बैठक मंगलबार सम्मका लागि स्थगित

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । बैठक स्थगित भएपछि सभामुखको चुनाव पनि माघ ३ गते मंगलबार बिहान १० बजे हुने भएको छ ।

maya metro hospital

आज (सोमबार) राष्टिय शोक परेकोले प्रदेश सभा बैठक नबसेको हो । प्रदेश सभामा रहेका दलहरुवीच बैठक स्थगित सहमति भएको हो ।

joshi vada pasal 2
raunak fals and silling

राष्टिय झण्डा झुकाउने भनेको बेला बैठक बस्नु हुन्न भन्ने सहमति भएको माओवादीका प्रदेश सभा सदस्य ओमविक्रम भाट सरले बताए ।

प्रदेश सभाका अर्का सदस्य नरेशकुमार शाहीका अनुसार माघ ३ गते मंगलबार बिहान १० बजे बैठक बस्ने गरेर बैठक स्थगित भएको हा ।

लगातार दुई पटक सभामुख छानिन नसकेपछि आज (सोमबार) तेस्रो पटक सभामुख छान्नका लागि प्रदेश सभाको बैठक बोलाइएको थियो ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.