जहाज दुर्घटनाको दुःखद खबरले स्तब्ध र मर्माहत भएको छु : मुख्यमन्त्री रावल

कञ्चनपुर – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पोखरा विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गरेका छन। मुख्यमन्त्री रावलले आज शोक वक्तव्य जारी गर्दै जहाज दुर्घटनाको दुःखद खबरले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन । उनले विमान दुर्घटनामा निधन भएका व्यक्तिका परिवारमा समवेदना प्रकट गरेका छन ।

maya metro hospital
raunak fals and silling

आइतबार करिब साढे १० बजे काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।

joshi vada pasal 2

“घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै खोज, उद्धार तथा उपचारको यथोचित व्यवस्थापनका लागि अनुरोध गर्दछु”, जारी वक्तव्यमा भनिएको छ । चारजना चालक दलका सदस्य र ६८ यात्रु बोकेको जहाज दुर्घटनाग्रस्त भएको थियो । नागरिक उड्डयन प्राधिकरणले उक्त दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.