गोदावरी मेलामा सामाजिक संघसस्थाको हातेमालो

अत्तरिया – पौष ३० गते देखि गोदावरीमा सुरु भएको वाह्र राशि दर्शन मेलामा विभिन्न संघ संस्थाहरुले मेला सफल पार्न हातेमालो गरेका छन । १२ दिन सम्म संचालन हुने उक्त मेलालाई सफल पार्न अत्तरिया क्षेत्रका बिभिन्न संघसस्था अग्रसर भएका हुन ।

maya metro hospital

अत्तरियामा रहेको सत्यवती एकेडेमीले स्नान गरेपछि कपडा बदल्नको लागि सहजता होस भनेर टहरा निर्माण गरेको छ । मेलामा स्नान गर्नको लागि कुण्ड निर्माण गरिएको भएपनि महिलाहरुलाई लुगा फेर्नको लागि निकै समस्या हुँदै आएको थियो ।

joshi vada pasal 2

यस्तै मेलामा श्रद्धालुहरुको सहजताका लागि बिभिन्न संघसस्था तथा व्यक्तिहरु निःशुल्क चिया वितरण गरेका छन् । मेलामा कैलाली चेम्बर अफ कमर्स, पदमा अस्पताल र मालाखेती अस्पतालको सहकार्यमा स्वास्थ्य सहायता कक्ष पनि स्थापना गरिएको छ । गोदावरी धाम व्यवस्थापन समितिको आयोजनामा सुरु भएको वाह्र राशि दर्शन मेला माघ १२ गते सम्म संचालन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.