अत्तरिया – कैलालीको अत्तरियामा संचालन गर्ने भनिएको गोदावरी नगरस्तरिय ‘प्याब्सन फेस्टिबल’ को मिति सारिएको छ । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) गोदावरी नगर कमिटीको माघ २ गते आयोजन गर्ने घोषणा गरेको ‘प्याब्सन फेस्टिबल’ पोखरामा भएको विमान दुर्घटनाका कारणसारिएको हो ।

प्याब्सन नगर कमिटी आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै २ गते देखि हुने भनिएका प्याब्सन फेस्टिवलका कार्यक्रम माघ ४ गतेका लागि सारिएको उल्लेख गरिएको छ । विज्ञप्तीमा माघ १ गते पोखरामा भएको यति एरलाईन्सको जहाज दुर्घटनाको खबरले प्याब्सन गोदावरी नगर कमिटी स्तब्य भएको उल्लेख गरिएको छ ।


अध्यक्ष श्याम बहादुर खत्रीद्धारा विज्ञप्तीमा भनिएको छ ‘हृदयविदारक र अत्यन्तै अप्रिय यस दुर्घटनाा जिवन गुमाउने प्रति प्याब्सन गोदावरी नगर कमिटी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दैै मृतकका परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौ ।’
बिहिबार प्याब्सन गोदावरी नगर कमिटीको पत्रकार सम्मेलन मार्फत माघ २ देखि ९ गते सम्म फेस्टिवल आयोजना गर्ने जनाएको थियो । फेस्टिवलका सम्पूण कार्यक्रम अब २ दिन पर धकेलिएका छन । फेस्टिबलमा ३ विधा अन्तरगत २६ वटा खेल खेलाईने जनाइएको छ । प्रतियोगिता चौकीडाँडा सामुदायिक वन भित्र रहेको लेमनग्रास खेल मैदान र चौकिडाँडा सामुदायिक भवन रहेको प्राङ्गण र कनकवा खेल मैदान र एक अन्य खेल मैदानमा संचालन गरिने आयोजनकले जनाएको छ ।
एक साता सम्म संचालन हुने फेस्टिबलमा प्याब्सनमा आवद्ध प्राथमिक, निम्न माध्यमिक र माद्यमिक तहका विद्यार्थीलाई समेटिने छ । जसमा महिला तथा पुरुषका पनि छुट्टा छुटै कार्यक्रम संचालन गरिने छ । फेस्टिबलमा विजेता खेलाडीहरुलाई प्रमाण पत्र, मेडल र सहभागि विद्यालयलाई रनिङ ट्रफि दिइने आयोजकले जनाएको छ ।
