अत्तरियामा मेला, महोत्सवको रौनक

अत्तरिया – कैलालीको अत्तरियामा मेला महोत्सवको रौनक छाएको छ । माघे संक्रान्तिको अवसरमा कैलालीको गोदावरी धाममा लागेको मेला र अत्तरियामा जारीे महोत्सवले यस क्षेत्रको रौनकता बढाएको छ ।

maya metro hospital

गोदावरी घाममा शनिबार देखि वाह्र राशि दर्शन मेला लागेको थियो भने अत्तरियामा पौष २७ गते देखि महोत्सव जारी रहेको छ । वाह्र राशि दर्शन मेला अन्तरगत आइतबार माघे संक्रान्तिको अवसरमा गोदावरीमा स्नान गर्नेको घुइँचो लागेको थियो । मेलामा करिब ३ लाख दर्शनार्थीले अवलोकन गरेको मेला आयोजक गोदावरी धाम विकास समितिले जनाएको छ । समितिका अध्यक्ष पदम राज जोशीले आइतबार बिहानै देखि स्नान गर्नेको घुइँचो लागेको बताए ।

joshi vada pasal 2

सङ्क्रान्तिका दिन गोदावरी नदीमा स्नान गरेमा सम्पूर्ण पापबाट मुक्त भई पुण्य प्राप्त हुने जनविश्वास छ । सप्त गोदावरीमध्येको प्राचीन गोदावरीका रुपमा रहेको यो धाममा भगवान् श्रीकृष्णले स्नान गरेको जनविश्वास छ ।

मेला भर्न सुदूरपश्चिमका पहाडी जिल्ला लगायत भारतबाट समेत भक्तजन गोदावरी आइपुगेका थिए । मेला माघ १२ गतेसम्म सञ्चालन हुने छ । भक्तजनको सुविधाका लागि गोदावरी नगरपालिकाले आज एक दिनका लागि निःशुल्क बसको व्यवस्था गरेको र मेला अवधिका लागि सहायता कक्ष स्थापना गरेकोे छ ।

पछिल्लो समय गोदावरी धाम पश्चिम नेपालकै ठूलो तिर्थस्थलका रुपमा विकास हुँदै जान थालेको छ । बिषेश गरेर माघ महिनामा लाग्ने मेलाका कारण यो क्षेत्र यस क्षेत्रकै धेरै श्रद्धालुले स्नान गर्ने क्षेत्रका रुपमा विकास हुँदै जान थालेको छ ।

raunak fals and silling

धार्मीक महत्त हुँदा हुँदै पनि प्रचार प्रसारको अभावमा ओझेलमा रहेको गोदावरी धाम २०७२ सालमा लागेको कुम्भमेला पछि भने माघे संक्रान्तिमा दर्शनार्थी ओइरिने गरेका छन् ।

मेलामा दर्शनार्थीको संख्या बढ्दै जादाँ आयोजकलाई हम्मेहम्मे पर्ने गरेको छ । पुरानौ भौतिक संरचना रहेको गोदावरीमा दर्शनार्थीको संख्या बढ्दै जादा थेग्नै समस्या हुन थालेको छ । गोदावरी धाम विकास समितिका अध्यक्ष जोशीले मेलालाई अझै व्यवस्थित बनाउन गोदावरी धामको गुरु योजना अनुसार काम गरिने पर्ने बताए ।

अहिले गोदावरी धाम भित्रै मन्दिर पिच्छे छुट्टा छुटै समिति रहेका छन । उनीहरुले आ– आफ्नो तरिकाले भौतिक संरचता निर्माण गर्दै जाँदा गोदावरी धामको स्वरुपै विग्रदै गइरहेको छ । जताततै आफूखुसी मन्दिर टहरा निर्माण गरिदा गोदावरी कुरुप बन्न सक्ने भन्दै सरोकारवालाहरुले चिन्दा व्यक्त गरेका छन ।

मेला भर्नेको भिड बढेसंगै गोदावरी सवारी चाँप बढ्दा ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो । अत्तरिया गोदावरी २ लेनको राजमार्गमा सामान्य समयको भन्दा धेरै सवारी साधन संचालन आउँदा व्यवस्थापन गर्न निकै समस्या हुने गरेको छ ।

यता अत्तरियामा जारी महोत्सवमा पनि आइतबार दर्शकहरुको ओइरो लागेको थियो । अन्य दिन खालि रहने महोत्सव स्थल आइतबार भने भरिभराव बनेको थियो । गोदावरीमा स्नान गरेर आउने अधिकांश महोत्सवमा जाने गरेका कारण अन्य दिनको तुलनामा भिड बढी लागेको महोत्सव आयोजक अत्तरिया उद्योग बाणिज्य संघले जनाएको छ । महोत्सवमा आइतबार चर्चित गायीका इन्दिरा जोशी, चेतन बोहरा र रुविना अधिकारीको प्रस्तुती राखेका थिए । महोत्सवम माघ ९ गते सम्म संचालन हुने छ ।

यसैबिच थारू समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाएका छन । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ ।

माघीमा गाउँका मुखिया सबै मिलेर छनोट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने आदि सबै पदवीको आजै लोकतान्त्रिक विधिबाट निर्वाचन हुने गर्छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.