धनगढी – नागरिक उन्मुक्ति पार्टी तठस्थ बस्दा सुदूरपश्चिममा आज पनि सभामुख सभामुख चयन हुन सकेन्न ।
नागरिक उन्मुक्ति पार्टी तठस्थ बस्दा आज सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भीम भण्डारी २२ मत मात्रै पाएका छन भने नेपाली काङ्ग्रेसबाट सभामुखका उम्मेदवार बनेका मनाबहादुर रावलले पनि २२ मत पाएका छ्न ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमत पाउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १९, माओवादीका ११, एमालेका १० नागरिक उन्मुक्तिका ७ नेकपा एकीकृत समाजवादी ४ राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् ।