माघी पर्वको रौनक : बडघर चयनदेखि वार्षिक समीक्षासम्म

महेन्द्रनगर

maya metro hospital

‘हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा
खुसियाली छ दाङमा, खुसियाली कञ्चनपुरमा
हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा’

joshi vada pasal 2

यो गीतको हरफ जस्तै सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका थारू बस्ती यतिबेला माघी पर्वको रौनकले छपक्कै छोएको छ । हरेक वर्ष आउने थारू समुदायको प्रमुख पर्व माघी आफ्नै सुरुमा आउने र जाने गरेको इतिहास परापूर्वकालदेखि रहेको थारू अगुवाहरुको भनाइ छ । माघीलाई थारू समुदायको प्रमुख चाड मात्रै नभएर नयाँ वर्षका रुपमा समेत विविध रुपमा मनाउने गरिएको छ ।

थारू समुदायका गाउँबस्तीमा बालबालिकादेखि पाका पुस्तासम्म माघीकै रौनकमा रमेका छन् । माघीको अघिल्लो दिनदेखि सुरु हुने सप्ताहव्यापी योे पर्वमा थारू समुदायले विभिन्न खानाका परिकारलाई बढी जोड दिन कुटानीपिसानी गर्ने, नयाँ लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेका छन् ।

कञ्चनपुरका थारू अगुवा बलबहादुर डगौराले माघी पर्व पौराणिककालदेखि चलिआएको परम्परा भएको बताए । ‘यो पर्वमा थारूसँगै विगतमा सबैले नयाँ वर्षका रुपमा मनाउने गर्दर्थे’, उनले भने ‘माघी सबैको नयाँ वर्ष भए पनि थारू समुदायले विशेष रुपमा मनाउने भएकाले थारूको मात्रै नयाँ वर्ष जस्तो हुँदैगयो ।’ उहाँले यो बेला थारू समुदायभित्र युवा पुस्ता भने परम्परागत पर्वको शैली मनाउने तौरतरिकासित टाढिँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।

‘माघी पर्वसँगै कलासंस्कृति जगेर्ना हुने माध्यम पनि हो’ उनले भने ‘यसमा परम्परागत पहिरनदेखि परिकारसम्मको प्रयोग हुन्छ ।’
‘के बुढा के तन्नेरी सब एकै ठाउँ भेला,

raunak fals and silling

‘वर्ष दिनको पसिनालाई आज सुकाएर, मीठो खाने राम्रो लाउने, रहर फुकाएर, बल्ल आयो वर्ष दिनमा यति राम्रो चाड, हाम्रो घर निकाखेर बटुलीमा माड, कटौरीमा मासु अनि बटुकीमा जाँड,

बल्ल आयो वर्ष दिनमा यति राम्रो चाड, आफू पनि खाइदे साथी अरूलाई नि बाड, आज छैन कहि चिसो चुलो धुवाँ उठ्यो धुर धुरमा, हरसाल साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरुमा…

माघीमा संस्कृतिको संरक्षण गर्दै आएका थारू समुदायले माघी पर्वका अवसरमा छोराछोरीको बिहे, अंशबन्डा र खेतीपातीको वार्षिक योजना निर्माणसमेत गर्ने गरेको परम्परा छ ।

थारू समुदायले माघी पर्वका अवसरमा विशेषतः ढिक्री, अन्धीको रोटी, सुँगुरको मासु, लोकल रक्सी, तरुल, सक्खरखण्ड र फर्सी उसिनेर खाने चलनसमेत रहिआएको छ । माघीको अघिल्लो रात सुँगुर काटी मासु खाने गरिन्छ, जसलाई थारू भाषामा ‘जिता मरना’ भन्ने प्रचलन रहेको छ । त्यस रात थारू समुदाय मासु, जाँड र ढिकरी खाई रातभर जाग्राम बसेर ‘मघौटा’ नृत्यमा रमाउने गर्दछ ।

माघीको दिन (माघ १ गते) झिसमिसेमै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि सिक्का लुटाउने प्रचलन रहेको थारू अगुवा सीता चौधरीको भनाइ छ ।

त्यसैगरी थारूले माघी विशेष शुभकामना आदानप्रदान कार्यक्रमसमेत शुक्रबार यता गर्दै आएका छन् । ‘वर्षभरिको कामको समीक्षा हुनेदेखि बडघर चयनसम्मको काम यही माघी विशेषमा हुन्छ’ उनले भने ‘तर विगतको भन्दा यसको रौनकतामा भने कमी आउँदैछ ।’ उनले माघीका अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अन्जानवश गरिएको पाप नाश हुने धार्मिक मान्यतासमेत रहेको बताए ।

माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको छ । यो दिनलाई ‘खचिरहवा’ समेत भन्ने गरिन्छ । माघी महोत्सवमा थारू संस्कृति झल्काउने परम्परागत हस्तकला प्रदर्शनी, पहरिन, वेशभूषा, थारूहरुको मौलिक खानाको परिकार घोंघी, ढिक्रीलगायत फुड फेस्टिवल एवं सांस्कृतकि झाँकी, नाचगान जस्ता कार्यक्रम प्रस्तुत गर्ने गरिन्छ । ‘थारू समुदाय कलासंस्कृतिको दृष्टीकोणले अत्यन्तै धनी छ’, चौधरीले उनले ‘पर्व मनाएरभन्दा पनि यसको संरक्षणमा स्थानीय पालिकाले पनि विभिन्न योजना ल्याउनु आवश्यक छ ।’

रासस

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.