अत्तरिया – सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य प्रकाश बहादुर बमले न्युनतम आय भएका विपन्न वर्गको उत्थान गर्नु नै वास्तविक विकास भएको बताएका छन । शनिबार धनगढी जेसिज वर्ष २०२३ र लायन्स क्लब अफ अत्तरिया सिटीले आयोजना गरेको कम्बल वितरण कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन ।

उनले अति विपन्न वर्गका मानिसहरुको आयआर्जनको व्यवस्था हुँदा नै वास्तविक विकास भएको मानिने बताए । ‘सुदूर भनेको जहाँ दृष्टि नै पुग्दैन, नेपालको अत्यन्तै टाढाको प्रदेश हो । यहाँ कठ्याङग्रीदो जाडोमा ओड्ने ओछ्याउने नहूँदा भुईमा सुत्नुपर्ने, दैनिक छाक टार्न नसक्ने, निशुल्क विद्यालयमा पनि छोराछोरीलाई पढाउन नसक्ने तथा विरामी हुँदा सिटामोल किनेर खान नसक्ने खालका व्यक्तिहरु छन’ उनले भने ‘त्यस्ता व्यक्तिहरुको न्युनतम आयआर्जनको व्यवस्था गर्नु नै मेरो विचारमा वास्तविक विकास हो ।’


उनले ठुला ठुला विकासका योजनाहरुको निर्माण दोस्रो विकासको क्षेत्रमा पर्ने बताए । ‘विकासलाई मैले दुई किसिमले बुझ्छु, एउटा विपन्नवर्गहरुको उत्थान गर्नु र अर्काे अति आवश्यक ठुला ठुला योजनाहरुको निर्माण गर्नु’ उनले भने ‘तर यहाँ विकासको वास्तविक परिचय विपन्न वर्गको उत्थान र उनिहरुको आयआर्जन नै हो ।’ उनले ठुला ठुला विकासका योजनाहरुको निर्माण दोस्रो विकासको क्षेत्रमा पर्ने बताए । ‘विकासलाई मैले दुई किसिमले बुझ्छु, एउटा विपन्नवर्गहरुको उत्थान गर्नु र अर्काे अति आवश्यक ठुला ठुला योजनाहरुको निर्माण गर्नु’ उनले भने ‘तर यहाँ विकासको वास्तविक परिचय विपन्न वर्गको उत्थान र उनिहरुको आयआर्जन नै हो ।’
उनले आफुले निर्वाचनका समयमा गरेका प्रतिबद्धताहरु पनि पुरा गर्नमा ध्यान केन्द्रित गर्ने बताए । ‘निर्वाचनका समयमा धेरै कुराहरु पुरा गर्ने प्रतिबद्धता जाहेर गरेको थिए, तर प्रदेश सरकारले पुर्णता नपाईसकेको अवस्था छ’ उनले भने ‘अझै पनि मेरो तर्फबाट हुने प्रयास, विपन्न वर्गको उत्थान र आयआर्जनका निमित्त हुनेछ र म त्यसैमा लागिरहने छु ।’ उनले आफु वडा वडामा पुगेर आगामी दिनहरुमा आफुले गर्नुपर्ने कामहरु वडाबासीहरुसँग माग्ने समेत बताए । उनले सुदूरका विपन्न मानिसहरुका लागी केन्द्रबाट सन्जय साई सेवा अर्गनाईजेसन नेपालले गरेको सहयोग अतुलनिय रहेको र त्यसका लागी संस्थाप्रति आफु आभारी रहेको बताए ।
धनगढी जेसिजका पुर्व अध्यक्ष एवम् सन्जय साई सेवा अर्गनाईजेसनका संरक्षक करुणाकर पाण्डेयको विशेष पहलमा संजय साईबाबाको ३५ औ जन्मोत्सवको अवसरमा विपन्नलाई कम्बल वितरण गरिएको थियो । कम्बल वितरणका लागी नगरका १२ वटै वडाका १६/१६ जना विपन्न वर्गका व्यक्तिहरुलाई समावेश गरिएको लायन्स क्लब अफ अत्तरिया सिटीका अत्तयक्ष कमल कडायतले बताए । उनले वडा कार्यालय मार्फत नै सबै वडाबाट नामावली संकलन गरीएको र सोही आधारमा नगरका १९२ जनालाई कम्बल वितरण गरिएको बताए ।
