अत्तरिया – कैलालीको गोदावरी धाममा आजदेखि गोदावरी बाह्र राशि दर्शन मेला मकर मेला सुरु भएको छ । मेलाको एक कार्यक्रमका बीच प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन ।


मेला माघ १२ गते सम्म सञ्चालन हुने आयोजक गोदावरी धाम विकास समितिले जनाएको छ ।

गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला लाग्ने गरेको छ । २०७२ सालमा गोदावरीमा एक महिने ‘अमृत महास्नान दिव्य सहस्त्र कुम्भ दर्शन मेला’ लागेको थियो ।
यसैबिच भोलि लाग्ने माघे सक्रान्ति मेलाको अवसरमा गोदावरी नगरपालिकाले अत्तरिया देखि गोदावरी सम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने जनाएको छ ।
