सभामुख निर्वाचनको समय तोक्न सर्वदलीय बैठक सुरु

धनगढी – सुदूरपश्चिम प्रदेशको सभामुखको निर्वाचन समय तोक्न सर्वदलीय बैठक सुरु भएको छ ।

maya metro hospital

ज्येष्ठ सदस्य शिवराज भट्टले बोलाएको सर्वदलीय बैठकले अन्योलमा रहेको सभामुख निर्वाचनको समय निर्धारण गर्ने छ ।

joshi vada pasal 2
raunak fals and silling

सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् ।

विहीवार दुवैले बहुमत ल्याउन नसकेपछि शुक्रबार पुन निर्वाचन गर्ने भनिएको थियो । हिजो दिनभर बैठक बस्न सकेन ।

अनिश्चित समय सम्म स्थगित गरिएको बैठक बारे छलफल गर्न सर्वदलीय बैठक सुरु भएको हो ।

प्रदेश सभा सहभागी सबै दलका प्रतिनिधिहरू बैठकमा उपस्थित छन् । उनीहरुको सहमतिका आधारमा सभामुख निर्वाचनको मिति तोक्ने तयारी भइरहेको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.