युवाहरुले निर्माण गरेको गौशाला वडालाई हस्तान्तरण

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ मा निर्माण गरीएको अस्थाई गौशाला वडा कार्यालयलाई हस्तान्तरण गरीएको छ । स्थानीय युवाहरूले निर्माण गरेको गौशाला शनिबार वडा कार्यालयलाई हस्तान्तरण गरीएको हो ।

maya metro hospital

उक्त गौशाला स्थानीय युवा हरी भट्टराईको पहल तथा एल आर ओझाको संयोजकत्वमा विभीन्न सामाजिक व्यक्तिहरुको सहयोगमा निर्माण गरिएको थियो ।

joshi vada pasal 2

गौशाला एक कार्यक्रमका बीच अभियन्ता अभियन्ता भट्टराईले वडा नम्बर २ का वडा सदस्य डबल बहादुर साँउदलाई हस्तान्तरण गरेका थिए ।

गौशाला निर्माणमा ५० हजार रकम खर्च भएको जनाईएको छ ।

सितलहर र चिसोले छाडा चौपाया सडकमै मर्न थालेपछी उक्त अभियान सञ्चालन गरीएको थियो । गौशालामा एकसय बढी छाडा चौपाया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.