मकर मेलाका लागि सिंगारियो गोदावरी धाम

अत्तरिया – माघे संक्रान्तिको अवसरमा लाग्ने मेलाका लागि कैलालीको गोदावरी धाम सिगारिएको छ । माघे संक्रान्तिका अवसरमा आज देखि सुरु हुने मकर मेलाका लागि गोदावरी धामलाई सिगांरिएको हो ।

maya metro hospital

बाह्रराशी दर्शन मकर मेला लाग्ने भएकाले त्यसको तयारीका लागि गोदावरी धाममा मञ्च निर्माण, स्नान कुण्ड, कलस निर्माण लगायतका संरचना निर्माण गरिएका छन् । कुम्भ मेलाको प्रतीकका रुपमा १२ दिवसीय बाह्रराशि दर्शन मेलाको आयोजना गरिदैं गरिदै छ । पतञ्जलि योग समितिका सदस्य महेश चन्द्र खर्कवाले मेलामा राशी अनुसार पुजा गर्नको लागि छुट्टाछुटै कलस राखेर पुजा गर्ने व्यवस्था गरिएको बताए । गोदावरी धाममा मेलालाई लक्षित गरेर सरसफाई गरेर चिटिक्क पारिएको छ ।

joshi vada pasal 2

मकर संक्रान्तिका लागि गोदावरी धाममा भारतबाट समेत बाबा आउने क्रम सुरु भएको छ । गोदावरीमा बनारस, पिलिभित, केदारनाथबाट समेत बाबाहरु आएका छन । भारतबाट आएका दत्तपुजारी भरत गिरीले गोदावरी धामको ठूलो धार्मीक महत्त रहेको बताए । उनले गोदावरीमा आउँदा निकै आनन्द आउने बताए । उनीहरु गोदावरी धाममा नदी किनाराममा खुला आकाशमुनी बस्दै आएका छन् ।

पिलिभितबाट आएका बुद्ध गिरीले मैयाको चरणमा निकै आनन्द आएको बताए । उनले गोदावरीमा आफूहरुले कुनै अभाव नभएको बताए । उनीहरु ३ दिन अगाडी देखि नै गोदावरीमा आएका हुन् ।

raunak fals and silling

गोदावरी कुटिमा बस्दै आएका लोकेन्द्र गिरीले गोदावरी धाम बाबाहरुले तपस्या गरेको भूमि भएकाले नै यहाँ हरेक बर्ष माघिमा मेला लाग्ने गरेको बताए । ‘यहाँ १ सय बर्ष अगाडी देखि बाबाहरुले तपस्या गरेका छन’ उनले भने ‘यस ठाउँमा बाबाहरुका ठूला समाधि छन । उनीहरुकै नाममा यहाँ मन्दिर पनि बनेका छन । बाबाहरुकै कृपाले यस ठाउँको महत्त बढेको छ ।’

उनले केदारनाथबाट पनि बाबाहरु आउने गरेको बताए । उनले बाबाहरु आउने क्रम जारी रहेको बताए । उनले गोदावरी धाममा वारी पारी जानको लागि पुलको अतिआवश्यकता रहेको बताए ।

गोदावरी धाम विकास समितिले मकर संक्रान्तिका अवसरमा बाह्रराशी दर्शन मकर मेला लाग्दै छ । मेलाका अवसरमा बाह्रराशी नवग्रह, सत्ताईस नक्षेत्रको स्थापना तथा लक्ष्यहवन , विभिन्न पुराणहरु प्रारायण, ग्रह पूजा, ग्रह शान्ति, भजनकिर्तन, प्रवचन आदि हुने आयोजक गोदावरी धाम विकास समितिले जनाएको छ । मेला माघ १२ गते सम्म संचालन हुने छ ।

गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला लाग्ने गरेको छ । २०७२ सालमा गोदावरीमा माघीको दिनदेखि एक महिने ‘अमृत महास्नान दिव्य सहस्त्र कुम्भ दर्शन मेला’ लागेको थियो । माघे सङ्क्रान्ति धार्मिक र आध्यात्मिक रुपमा निकै नै महत्वपूर्ण पर्व हो । यसले देशको भौगोलिकता, जातीयता एवं साँस्कृतिक विविधताको प्रतिनिधित्व गर्दै आएको छ ।

मेलामा अवसरमा गोदावरी धाम क्षेत्रमा पुजा सामग्रीका पनि पसल राखिने गरिएका छन । मेलालाई लक्षित गरेर पुजा सामग्री, मिठाइका पसल संचालन गरिदै आएका छन । मेलामा मिठाइ पसल संचालनको तयारी गरिरहेका तिलक सिहले ४ बर्षदेखि मकर संक्रान्तिका अवसरमा पसल राख्दै आएको बताए । उनले यस बर्ष मेलामा मिठाइ पसल संचालन गर्ने तयारी गरिरहेको बताए । मेलामा पसल राखेबाफत उनले १२ सय तिर्ने गरेको बताए ।

 

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.