बैतडीमा जीप दुर्घटना हुँदा १ जना घाइते

बैतडी – बैतडीमा जीप दुर्घटना हुँदा एक जना घाइते भएका छन् । पुर्चौडी नगरपालिका न्वादेउबाट हाँट जाँदै गरेको सुप प्र ०४–००१ च ००६१ नम्बरको जीप वडा नम्बर ३ न्वादेउ बत्थीमा दुर्घटना हुँदा १ जना घाइते भएका हुन ।

maya metro hospital
raunak fals and silling

घाइते हुनेमा जीपका साहु हर्क बहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता योगेश खत्रीले जानकारी दिएका छन ।

joshi vada pasal 2

घाइतेको अवस्था मध्यम रहेको र हाँट स्वास्थ्यचौकीमा उपचार भइरहेको उनले बताए । जीपमा साहु र जिप चालक मात्रै सवार थिए । जिप चालक अशोक बमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन् । जीप सडकबाट करिब सय मिटर तल खसेको बताइएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.