सभामुख निर्वाचनका लागि बोलाईएको बैठक अनिश्चित कालका लागि स्थगित

अत्तरिया – सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समय सम्मको लागि स्थगित गरिएको छ । प्रदेश सभा सचिवालयले अर्को सूचना जारी नहुँदा सम्मको लागि बैठक स्थगित गरिएको सूचना टाँस गरिसकेको हो ।

maya metro hospital

आज बिहान ११ बजे सभामुखको पुन निर्वाचन गर्ने गरि हिजो साँझको बैठक स्थगित गरिएको थियो । सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । हिजो साँझ दुबै उम्मेदवारले बहुमत पाउन सकेनन् ।

joshi vada pasal 2

पहिलो चरणमा भण्डारीले २७ मत पाएपछि दोस्रो पटक भएका मतदानमा १ मत बदर हुँदा २६ मत मात्रै पाएका थिए । दोस्रो पटक पक्षमा पनि २७ मत नआउँदा उनी सभामुख हुन पाएनन् । कांग्रेसका रावलले दुबै पटक २३ मत पाएका थिए ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ ।

सुरुको दिनमा भएको निर्वाचनमा कसैले पनि बहुमत नपाएपछि के गर्ने भन्ने बारे प्रदेश सभा नियमावलीमा स्पष्ट नभएका कारण बैठक स्थगित भएको हो ।

प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । यो समय माघ २ गते पुरा हुन्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.