अत्तरिया- माघ १ गते कैलालिको गोदावरी धाममा आयोजना हुन लागेको मकर मेलाका लागि निशुल्क बसको ब्यवस्था गरिएको छ । गोदावरी नगरपालिकाले मकर मेलामा जाने श्रद्दालु भक्तजनहरुको सहजताका लागि निशुल्क बसको ब्यवस्था गरेको हो ।


नगरप्रमुख बिरेन्द्र भट्टले धार्मिक आस्था राख्ने भक्तजनहरुलाई सहज होस भन्ने अपेक्षाका निशुल्क रुपमा बसको ब्यवस्था गरिएको बताए । उनले मकर मेलाको दिन गोदावरिमा जाने मानिसको घुइचो हुने भएकाले नगरपालिका ले एक दिनका लागि ३ वटा बसहरु को ब्यवस्था गरेको बताए ।

`मकर मेलाको दिन गोदावरी जाने धर्मावलम्बिहरुका लागि हामिले निशुल्क रुपमा बसको ब्यवस्था गरेका हौ´ उनले भने `त्यति मात्रै नभइ भिडभाडको समयमा हुन सक्ने सम्भावित दुर्घटनालाइ मध्यनजर गर्दै हामिले हेल्थ डेस्क को पनि ब्यवस्था गरेका छौ ।´ उनले चिसोका समयमा साझ उतै बस्ने श्रद्दालु भक्तजनहरुका लागि आगो ताप्न दाउराको पनि ब्यवस्था गरिने बताए ।
