सुदूरपश्चिममा सभामुखको चयनका लागि आज पनि निर्वाचन हुँदै

धनगढी – सुदूरपश्चिम प्रदेशमा आज पनि सभामुख पदको लागि निर्वाचन हुने छ । हिजो साझ भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज पुन निर्वाचन हुन लागेको हो । यहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल सभामुखका उम्मेदवार छन् ।

maya metro hospital
raunak fals and silling

हिजो पक्षमा र विपक्षमा गरि दुई पटक सम्म मतदान भएको थियो । पहिलो चरणमा भएको मतदानमा भीम भण्डारीले बहुमत आवश्यक मत २७ पाइसकेका थिए । विपक्षमा गरिएको मतदानमा सत्ता गठबन्धनकै एक सांसदको मत बदर भएपछि उनको मत २६ पुग्यो ।

joshi vada pasal 2

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ मत आवश्यक पर्छ । हिजो कसैको पनि २७ मत नपुगेपछि आज ११ बजे निर्वाचन हुने भएको छ । हिजो रावलको पक्षमा २३ मत खसेको थियो ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.