गोदावरी नगरस्तरिय ‘प्याब्सन फेस्टिबल’ आयोजना गरिने

अत्तरिया – कैलालीको अत्तरियामा गोदावरी नगरस्तरिय ‘प्याब्सन फेस्टिबल’ आयोजना गरिने भएको छ । निजी तथा आवासिय विद्याल अर्गनाइजेसन नेपाल (प्याब्सन) गोदावरी नगर कमिटीको आयोजनामा माघ २ गते देखि ९ गते सम्म ‘प्याब्सन फेस्टिबल’ आयोजना गर्न लागिएको हो ।

maya metro hospital

बिहिबार प्याब्सन गोदावरी नगर कमिटीको सचिवालयमा आयोजित पत्रकार सम्मेलमा बोल्दै नगर कमिटी अध्यक्ष श्याम बहादुर खत्रीले नगर भित्र प्याब्सनमा आवद्ध विद्यालयहरुलाई समेटेर ‘प्याब्सन फेस्टिबल’ आयोजना गर्न लागिएको बताए । उनले प्याब्सनमा आवद्ध विद्यालय बीच मैत्रीपूर्ण भावनाको विकास गर्न र विद्यार्थी भित्र रहेका प्रतिभा प्रस्फुटन गर्न फेस्टिबल आयोजना गर्न लागिएको बताए ।

joshi vada pasal 2

उनले फेस्टिबल उद्घाटनको दिन भब्य कार्यक्रमको आयोजना गरिने बताए । ‘करिब ४ हजार विद्यार्थी सहभागि गराएर अत्तरिया बजारमा झाकी सहितको -याली निकालेर गोदावरी नगरपालिका – ३ चौकिडाँडामा रहेको लेमनग्रास खेल मैदानमा उद्घाटन गरिने छ’ उनले भने ‘उद्घाटनको दिन फुटबल प्रतियोगिताको पनि आयोजना गरिने छ ।’ फेस्टिबलको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।

raunak fals and silling

उनले फेस्टिबलमा ३ विधा अन्तरगत २६ वटा खेल खेलाईने बताए । शैक्षिक विधा अन्तरगत ८, इथलेटिक्स विधा अन्तरगत १०, आउटडोर विधा अन्तरगत ८ वटा प्रतियोगिता गरिने जनाइएको छ ।

‘प्याब्सन फेस्टिबलले समाजमा सकारात्मक धारण लिने छ’ अध्यक्ष खत्रीले भने ‘अहिले बालबालिका नै ड्रग एडिसनमा फसेर सामान नै कुरुप बन्दै गइरहेको छ । त्यसलाई रोक्न पनि यसले मदत गर्छ ।’ उनले कोरोना पछि रोकिएका खेलकुदका प्रतियोगितालाई नियमितता दिन पनि फेस्टिबल आयोजना गर्न लागिएको बताए ।

प्रतियोगिता चौकीडाँडा सामुदायिक वन भित्र रहेको लेमनग्रास खेल मैदान र चौकिडाँडा सामुदायिक भवन रहेको प्राङ्गण र कनकवा खेल मैदान र एक अन्य खेल मैदानमा संचालन गरिने आयोजनकले जनाएको छ ।

एक साता सम्म संचालन हुने फेस्टिबलमा प्याब्सनमा आवद्ध प्राथमिक, निम्न माध्यमिक र माद्यमिक तहका विद्यार्थीलाई समेटिने छ । जसमा महिला तथा पुरुषका पनि छुट्टा छुटै कार्यक्रम संचालन गरिने जनाइएको छ ।

फेस्टिबलमा विजेता खेलाडीहरुलाई प्रमाण पत्र, मेडल र सहभागि विद्यालयलाई रनिङ ट्रफि दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको संचालनका लागि प्याब्सना आवद्ध विद्यालयहरुबाट रकम उठाएर संचालन गरिने जनाइएको छ । प्रतियोगितामा ३ लाख ७५ हजार खर्च हुने अनुमान गरिएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.