सुदूरपश्चिमका मुख्यमन्त्रीसहित दुईमन्त्रीले लिए शपथ

धनगढी – सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलसँगै दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख देवराज जोशीले बिहीबार रावललाई मुख्यमन्त्री तथा मन्त्री पदमा माओवादीको तर्फबाट खगराज भट्ट र एमालेको तर्फबाट सन्तोष थापा शर्मालाई शपथ गराएका हुन् ।

maya metro hospital

संसदीय दलका नेतासमेत रहेका भट्ट डडेल्धुराबाट निर्वाचित हुन् भने शर्मा समानुपाति सांसद हुन् । सुदूरपश्चिममा बुधबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा रावल नियुक्त भएका थिए ।

नेकपा एमालको कोटाबाट मुख्यमन्त्री बनेका रावललाई एमालेसँगै माओवादी केन्द्र र नागरिक उन्मुक्ति र राप्रपा गरी २९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

attariya hospital

केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले पालो–पालो गर्ने सहमति भएको थियो । नवनियुक्त मन्त्रीद्वयको कार्यविभाजन भने गरिएको छैन । माओवादी केन्द्र र एमालेबीच कुन मन्त्रालय कसले लिने भन्ने टुंगो लागेको छैन । दुवैजना तत्काल विनाविभागीय मन्त्री नियुक्त भएका छन् ।

सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी, राप्रपाले भने अझै सरकारमा भएका छैनन् । आफूहरुले सरकारसँग राखेको माग पूरा भएपछि मात्रै सरकारमा सहभागी हुने वातावरण बन्ने नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.