अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – २ मा पर्ने मछेली नदीमा तटबन्धन निर्माणको काम सुरु भएको छ ।
मछेली नदीमा आएको बाढीले वाणी शिविर कटानीको जोखिममा परेपछि तटबन्धन निर्माणको काम सुरु गरिएको हो ।
तटबन्धनको बुधबार नगरप्रमुख हेमराज ओझाले उद्घाटन गरेका छन । उक्त तटबन्धन लन्चिङ सहित ८७ मिटर हुने जनाइएको छ ।