डोटी – डोटीको आदर्श गाउँपालिका अन्तर्गत नेपाल रेडक्रस सोसाइटी देहीमान्डाै उपशाखाको नयाँ कार्यसमिति चयन गरिएको छ ।


धर्मराज ओझाको सभापतित्वमा नयाँ समिति चयन गरिएको हो ।

समितिको उपसभापतिमा लक्ष्मी रोकाया, सचिवमा टेकराज ओझा, उपसचिवमा चक्रबहादुर साउद, कोषाअध्यक्षमा कृष्णदत्त जोशी र सह कोषाअध्यक्षमा देवकी बोहरा चयन भएकी छन् ।
यस्तै सदस्यहरूमा सुरत बिष्ट, जयराज ओझा, मोहनराज ओझा, पदम बहादुर पछेरा, कर्णबहादुर भाट र खगेन्द्रराज ओझा
चयन भएका छन् ।
