बैतडीमा आजदेखि नेपाल–इन्डो क्रिकेट शुरु

बैतडी – बैतडीमा प्रथम खुल्ला नेपाल–इन्डो टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । पञ्चकोटी युवा क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको बुधबार उद्घाटन गरिएको छ । उद्घाटनमा दशरथचन्द नगरपालिकाका प्रमुख कौशिला चन्द, बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्द, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाही, पञ्चकोटी युवा क्लबका अध्यक्ष उत्तम चन्द लगायतको उपस्थिति रहेको थियो ।

maya metro hospital

दशरथचन्द नगरपालिका – १० स्थित बुड्डाबाजे खेलमैदान रातामाटामा उद्घाटनपश्चात् बुधबार दुई खेल भएका छन् । पहिलो खेलमा रातामाटा विद्यालयलाई हराएर आयोजक ए टिम विजयी भएको छ । जसमा जितु रावल म्यान अफ द म्याच भए ।

joshi vada pasal 2
raunak fals and silling

दोस्रो खेलमा एनआरवाइसीलाई स्तब्ध पार्दै रणशैनी क्लब सुखद शुरूआत गरेको छ । उसका रञ्जित थापा म्यान अफ द म्याच चुनिए । माघ ५ गते सम्पन्न हुने प्रतियोगितामा नेपाल र भारतका गरी १५ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टोलीले नगद ४० हजार उपविजेता टोलीलाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक पञ्चकोटी युवा क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिए ।

म्यान अफ द सिरिजलाई नगद ३ हजार, बेस्ट ब्याट्सम्यानलाई नगद १ हजार ५ सय, बेस्ट बलरलाई नगद १ हजार ५ सय, बेस्ट किपरलाई १ हजार १११ र बेस्ट फिल्डरलाई ७ सय ७७ रूपैयाँ नगद पुरस्कार दिइनेछ ।

सीमावर्ती क्षेत्रका बासिन्दाबीच खेलमार्फत सदभाव कायम गर्न र क्रिकेट विकास, खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष चन्दको भनाइ छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.