सुदूरपश्चिमको मुख्यमन्त्रीमा रावलको दाबी पेस

धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा लिएर एमाले संसदीय दलका नेता राजेन्द्र रावलले दाबी पेस गरेका छन्। उनले नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् ।

maya metro hospital
raunak fals and silling

नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा रावललाई अन्तिम समयमा आएर समर्थन गरेको हो । पार्टीका संस्थापक रेशमलाल चौधरीसँग भएको सहमति अनुसार उन्मुक्ति पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले समर्थन गरेको बताए ।

joshi vada pasal 2

मुख्यमन्त्रीको दाबी पेश गर्ने समय आज साँझ ५ बजेसम्म मात्र तोकिएको थियो । ५३ सदस्यीय प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् । बहुमतका लागि यहाँ २७ जना सांसदको समर्थन भए पुग्छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.