बैतडीको एक विद्यालयमा अभिभावकले लगाए ताल, विद्यार्थीको पढाई प्रभावित
बैतडी – बैतडीको एक विद्यालयमा अभिभावकले ताला लगाएका छन । डिलाशैनी गाउँपालिका – ३ स्थित जनप्रिय आधारभूत विद्यालयमा अभिभावकले ताला लगाएका हुन ।
अभिभावकहरुले नै विद्यालयमा तालाबन्दी गरिदिएपछि ५ दिन देखि पठनपाठन प्रभावित भएको छ । प्रधानाध्यापकले अनियमितता गरेको भन्दै अभिभावकहरुले गत शुक्रबार विद्यालयमा तालाबन्दी गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक गुणा बोहराले अनियमितता गरेको अभिभावकहरुको आरोप छ । तर, प्रधानाध्यापक बोहराले आफुले अनियमितता नगरेको भन्दै आफु माथि झुटा आरोप लगाएको बताइन् । विगत पाँच देखि तालाबन्दी भएपनि ताला खोल्न सम्बन्धित निकायको ध्यान जान सकेको छैन् ।
विद्यालयमा देखिएको समस्या समाधानका लागि गाउँपालिकाले समेत चासो नदेखाएको आरोप छ ।