अत्तरिया – सुदूरपश्चिमको मुख्यपन्त्री पदमा आज (बुधबार) नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिह रावलले दावि पेश गर्दै छन । प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी गर्न दलहरुलाई आह्वान गरेअनुसार उनले आफ्नो दावी पेश गर्न लागेका हुन ।


कम्तीमा एमालेका १० सहित माओवादीका ११ र नागरिक उन्मुक्तिका ७ सांसदको साथ उनलाई रहेको दावी गरिएको छ ।

सत्ता गठबन्धन बीच केन्द्रमा भएको सहमतिअनुसार नेकपा एमालेले मुख्यमन्त्री, माओवादी केन्द्रले सभामुख पाउने छन् । उपसभामुखमा भने नागरिक उन्मुक्तिलाई दिने सहमति भएपनि पार्टीले त्यो स्वीकारेको छैन् । सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस प्रतिपक्षमा हुने देखिएको छ ।
यद्दपी अझै प्रदेशमा सक्ता समिकरण के हुने भन्ने टुङ्गो लाग्न भने बाँकी छ ।
