धनगढी – धनगढी उपमहानगरपालिका वडा नम्बर १ लक्ष्मीनगरका स्थानीयले धनगढी उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । वडा नम्बर १ मा नाली अतिक्रमण गरि बनाईएका संरचना हटाउन उपमहानगरपालिकाले आनाकानी गरेको भन्दै उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका हुन ।


लक्ष्मीनगरकी स्थानीय शोभिता रानाले उपमहानगरपालिकाले संरचना हटाउनमा विभेद गरेको आरोप लगाईन । उनका अनुसार सो क्षेत्रमा पाँच भन्दा बढी घरहरु नाली अतिक्रमण गरेर बनेका छन् ।

स्थानीय सुवास चन्दले २०६३ सालदेखिनै नाली अतिक्रमण गरेर भौतिक संरचना बन्दा पछाडि रहेको बस्ती डुवानको जोखिममा रहेको बताए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीले भने उपमहानगरपालिकाले अतिक्रमित संरचना हटाउने कामबाट पछि नहट्ने बताए ।
