अत्तरिया – कैलालीको अत्तरियामा संचालित ७ दिने बाख्रापालन तालिम सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास कार्यालयको आयोजनामा पुस २० गतेदेखि सुरु गरिएको तालिम मंगलबार सम्पन्न भएको हो ।
तालिमको समापन कार्यक्रममा बोल्दै प्रदेश सरकारकी पुर्व भौतिक पुर्वाधार राज्यमन्त्री चुन कुमारी चौधरीले चौधरीले बाख्रा पालन तालिमले महिलाहरुलाई आर्थीक शसक्तिकरणमा जोड्न मदत पुग्ने बताइन् ।


उनले प्रदेश सरकारका महिला सांसदहरुको योजनामा तयार पारिएको कार्यक्रम अन्तरगत बाख्रापालन तालिम दिइएको बताइन् । उनले आफु पदमा नरहेपनि जनताको सेवामा निरन्तर रहने बताईन् ।
सामाजिक विकास कार्यालयका प्रमुख कुलराज सोतीले तालिममा द्धन्द्धपीडित, एकल महिला, दलित तथा जनजातिबाट महिलाहरुलाई छनोट गरीएको बताए । उनले सहभागिलाई बाख्रा खरिदका लागि अनुदान स्वरुप २० हजार प्रतिव्यक्ति सहयोग गर्ने बताए ।

तालिममा कैलालीको चुरे गाउँपालिका र गोदावरी नगरपालिकाका गरी ३७ जना महिलाहरुको सहभागिता रहेको थियो ।