विश्वज्योती महिला विकास सहकारीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा ओझा

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ५ गेटामा रहेको विश्वज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्थाको नयाँ नयाँ कार्यसमिति चयन भएको छ । मंगलबार सम्पन्न संस्थाको २०औ वार्षिक साधारण सभाको बन्दसत्रले खिमा देवी ओझाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

maya metro hospital
raunak fals and silling

ओझा यसअघिको कार्यसमितिकी सचिव समेत हुन । यसैगरी संस्थाको उपाध्यक्षमा बेलु पार्कि, सचिवमा लक्ष्मी भट्ट, सहसचिवमा धर्मा धामी र कोषाध्यक्षमा सौनी चौधरी चयन भएका छन । बन्दसत्रले सिता चौधरी, भोगपति राना, सोना राना, द्धारिका पनेरु, कृष्नी चौधरी र तारा कुँवरलाई सदस्यमा चयन गरेको छ ।

joshi vada pasal 2

यसैगरी बन्दसत्रले देवी ओझालाई लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा दोहो-याएको छ । ओझा यसअघि पनि लेखा तथा सुपरिवेक्षण समितिकी संयोजक थिईन । यसैगरी उक्त समितिको सदस्यहरुमा भने हरुली धामी र सुनिता चौधरी रहेका छन । संस्थाले निर्वाचन समिति संयोजकका रुपमा अधिवक्ता विर बहादुर जेठारालाई तोकेको थियो ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.