गोदावरीका शिक्षकद्धारा तलब माग्दै पत्रकार सम्मेलन, नगरपालिकाले कुरा नसुनेको आरोप

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगर शिक्षकले ३ महिना देखि तलब नपाएको भन्दै पत्रकार सम्मेलनको आयोजना गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरी नगरसमितिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर नगरपालिकाले आफ्ना मागको सुनवाई नगरपछि बाध्य भएर पत्रकार सम्मेलन गरेर तलब माग्न दवाद दिनुपरेको जनाएको हो ।

maya metro hospital

पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष नरेन्द्रराज शर्माले पटक–पटक तलब नपाएको बिषय नगरप्रमुखलाई राख्न खोज्दा भेट्न समेत नपाएको बताए । ‘हामीले किन तलब पाएनौ भन्दा नगरप्रमुखले हाम्रा कुरा सुन्नु भएन् । नगरप्रमुखले हामीलाई भेट्न नचाहेपछि हामीले खुला पत्र लेखेका थियौ । तर, पनि हाम्रो सुनुवाई भएन् । त्यसैले आज हामीले पत्रकार सम्मेलन गरेका कुरा राखेका हौ’ उनले भने ‘अव जसरी पनि हाम्रा मागको सुनुवाई गरिनु पर्छ । हाम्रो मुख्य माग समयमा तलब हालिदिनुहोस भन्ने हो ।’

joshi vada pasal 2

उनले आफूहरुले यसअघि षौस २५ देखि आन्दोलन गर्ने घोषणा गरेपनि विद्यालयहरुमा परिक्षा संचालन भइरहेकाले उक्त कार्यक्रम स्थगित गरिएको बताए ।

‘हामीले नगरपालिकालाई २५ गते सम्म माग पुरा नगरे आन्दोलनमा जाने भनेका थियौ । अहिले हामीले २१ गते देखि २९ गते सम्म विद्यालयहरुमा परीक्षा संचालन गरिरहेका छौ’ उनले भने ‘परीक्षा जस्तो संवेदनशिल समयमा हामीले विद्यालय छोडेर आन्दोलन गर्ने कुरा व्यवहारीक नलागेकाले हामीले २९ गते सम्म आन्दोलनका कार्यक्रम स्थगित गरेर पत्रकार सम्मेलन गरेका हौ ।’ उनले संचार माध्यबाट नगरपालिकामा पुगेको कुरा नगरपालिकाले सुन्नेछ भन्नेमा आफूहरु विश्वस्त रहेको बताए ।

उनले नगरशिक्षकको तलव एकदमै न्यून भएकाले त्यसमा पनि वृद्धि हुनुपर्ने बताए । ‘नगरपालिकाले अहिले निजी शिक्षकलाई प्राथमिक तहमा मासिक २० हजार, निमावि तहमा २२ हजार र मावि तहमा २५ हजार छ । हाम्रो माग भनेको विगतमा नगरपालिकाले निजी शिक्षकको व्यवभारको जिम्मा लिएर यो तलब तोकेकोमा अब भने नगरपालिकाले नगर शिक्षकहरुको तलब वृद्धि हुनुपर्छ भन्ने हो’ उनले भने ‘यो पुरानो तलब जस्ताको त्यस्तै राखिनु हुन्न यसमा केही बढाउन आवश्यक छ भन्ने हाम्रो माग हो ।’

raunak fals and silling

उनले नगर शिक्षक र संघिय शिक्षक बीच विभेद भएको बताए । ‘नगर शिक्षक र सरकारी शिक्षकको तलबमा निकै अन्तर छ । सरकारी शिक्षकले प्रावि तहमा ३५ हजार तलब छ । तर नगर शिक्षकले २० हजार खान्छन । यो विभेद भयो भन्ने हाम्रो भनाई हो’ उनले भने ‘यस्तै संघिय सरकारबाट तलब खाने शिक्षकले पोसाक भत्ताको १० हजार भत्ता पाएका छन नगरशिक्षकले भने केही पनि पाएका छैनन् ।’

उनले अहिले विद्यालयले राखेका निजी शिक्षकलाई पनि नगर शिक्षक बनाउनु पर्ने आफूहरुको माग रहेको बताए । उनले भने ‘अहिले नयाँ नियुक्ती भएका निजी शिक्षकहरुलाई नगर शिक्षक बनाई आगामी दिनमा निजी शिक्षक राख्ने कार्य बन्द गरी सबै जिम्मेवारी नगरले लिनुपर्छ ।’

विद्यालयले राखेका कर्मचारीलाई पनि नगरका कर्मचारी बनाउनु पर्ने उनले बताए । अघिल्लो जनप्रतिनिधिले एक सिष्टम बसाएकाले त्यसलाई व्यवस्थित गरीनुपर्ने उनको भनाई थियो । उनल बालविकासका शिक्षकहरुको तलब पनि न्यून भएकाले वृद्धि गरिनुपर्ने बताए ।

उनले राहत शिक्षकलाई पनि नगरपालिकाबाट राहत दिइनुपर्ने बताए । ‘१३८ जना राहत शिक्षक रहेका छन । राहत शिक्षक विदा हुँदा रित्तो हात जानुपर्ने अवस्था छ’ उनले भने ‘यसमा नगरपालिकाले विदा प्रमाणित गरेर थोरै भएपनि कल्याणकारी कोष बनाउन आवश्यक छ ।’
नगरपालिकाले शिक्षकहरुको भ्रमणको व्यवस्था पनि गरिदिनुपर्ने पत्रकार सम्मेलन मार्फत शिक्षकहरुले माग गरेका छन ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शर्माले संबिधानले स्थानीय तहको शिक्षा स्थानीय तहको जिम्मा लगाएको भएपनि सो अनुसारको जिम्मेदारी वहन गर्न नसकेको बताए । उनले अहिले पनि धेरै विद्यालयमा कम्प्युटर पनि नभएको बताए । उनले सहजकर्ता खटनपटन पनि अव्यवहारीक भएको बताए ।

‘अहिले कुनै विद्यालयमा ७ वटा सम्म सहजकर्ता छन कुनै विद्यालयमा १ जना पनि छैनन् । सरस्वती मावि सेहरीमा ७ जना सहजकर्ता छन् । दशरथ चन्द आवि गोदावरीमा १ जना पनि सहजकर्ता छैनन् । १० वटा विद्यालयमा एक जना पनि सहजकर्ता छैनन्’ उनले भने ‘नगरपालिकामा रहेका ५४ विद्यालयमा सहजकर्ताको वितरण अन्यायपूर्ण छ ।’

उनले कक्षा १ देखि ७ सम्म स्थानीय पाठ्यक्रम बनाउनु पर्ने भएपनि त्यो अहिले सम्म नबनेको बताए । उनले कक्षा १ देखि ३ सम्म पाठ्यक्रम बनेको भएपनि ४ देखि ७ सम्मको पाठ्यक्रम नबनेको बताए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.